Monday, 20 November 2017

प्रचण्डपुत्र प्रकाश को असमाहिक निधन

प्रचण्डपुत्र प्रकाश को असमाहिक निधन November 19, 2017 प्रचण्डपुत्र प्रकाश दाहालको निधन भएको छ । पारिवारिक स्रोतका अनुसार आइतबार बिहान नर्भिक अस्पतालमा उनको निधन भएको हो । उनको बिहान ६ बजे आसपास निधन भएको खवर आएको नेपाल प्रहरीका एआइजी जयबहादुर चन्दले पुष्टि गरेका छन् ।उनलाई अचेत अवस्थामा बिहान काठमाडौंको नर्भिक अस्पतालमा ल्याइएको थियो ।अस्पतालमा अहिले सुरक्षा अधिकारीहरु तथा सर्वसाधारणको भिड लागेको छ ।दाहाललाई आइतबार बिहान पाँच बजेतिर अचेत अवस्थामा अस्पताल ल्याइएको थियो । झापामा रहेका माओवादी अध्यक्ष प्रचण्ड आजै हेलिकोप्टरबाट काठमाडौं फर्किँदैछन् । चितवनबाट दाहालकी दिदी रेणु र परिवारका अन्य सदस्यहरु पनि काठमाडौं आउँदैछन् ।सधैं प्रचण्डसँगै जाने गरेका उनी झापा नगई मलाई सन्चो छैन भनेर चितवनबाट काठमाडौं आएका थिए । उनी काठमाडौंमा आमासँग बसेका थिए ।तनावमा थिए प्रकाशमाओवादी र एमाले गठवन्धन भए लगत्तै चुनावी माहौल गठवन्धनका पक्षमा देखिएपनि पछिल्लो समयमा माहौल लोकतान्त्रिक गठवन्धनको राम्रो वन्दै गएपछि प्रकाश तनावमा देखिन्थे।प्रकाश निकट स्रोतका अनुसार पिताजी प्रचण्डलाई पनि चितवनमा लोकतान्त्रिक गठवन्धनका उमेद्वारले अप्ठयारो पार्ने अवस्था देखिएपछि उनी थप तनावमा देखिन्थे।प्रकाशको निधन तनावसँगै उत्पन्न हृदयघात वा अन्य कारणले भएको आशंका गरिएको हो। यद्यपी यसबारेमा थप विवरण अस्पतालले दिन चाहेको छैन।

1 comment:

  Websites are becoming the very necessary digital partners during this time. Every small to big companies normally owns...